काठमाडौंको डिल्लीबजारमा जर्निज एभिन्यू प्रालिको शुभारम्भ भएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रालिको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ गर्दै उनले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक रोजाइमा पार्ने गरी काम गर्न आग्रह गरे । ' नेपालमा केही छैन भन्ने कुरा गलत हो,' उनले भने, 'तन र मनसहित काममा लागेपछि प्रतिफल आउँछ त्यसकाे लागि धैर्यता आवश्यक हुन्छ ।'
२५ लाख लगानीमा सञ्चालनमा आएको जर्निज एभिन्यू प्रालिले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनसँगै टिकटको सेवा सूचारू गरेको छ ।
प्रालिका कार्यकारी निर्देशन जीवन शाहका अनुसार भारत, जापान, अष्ट्रेलियालगायतबाट आउने पर्यटकलाई होटल बुर्किङ, जंगल सफारी, बन्जी र ट्रेकिङलगायतका सेवाहरु दिने बताए ।
'अन्यभन्दा हामी फरक छौं,' उनले भने, 'देशका जुनसुकै ठाउँमा जान गाडी, ट्रेकिङ गाइड, टिकट बुर्किङ, होटल बुर्किङ लगायतका सेवाहरुसहित आएका छौं ।'