गायक तथा कलाकार रोविन तामाङको निधन

कलाकार तथा गायक रोविन तामाङको निधन भएको छ। रक गायक तामाङको मंगलबार बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्।

गायक तथा कलाकार रोविन तामाङको निधन
काठमाडौं । कलाकार तथा गायक रोविन तामाङको निधन भएको छ। रक गायक तामाङको मंगलबार बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्। उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ । रोविनले थुप्रै गीत गाएका छन्। साथै उनले फिल्महरुमा पनि अभिनय गरेका छन्। उनका जति माया लाए पनि , चिसो चिसो हावामा बोलको गीत निकै चर्चित छन्। त्यस्तै उनले छड्के, मुखौटा, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय पनि गरेका छन्।