दरमखोलाले बगाउँदा बेपत्ता भएका युवक मृत फेला

बागलुङको गलकोट भएर बग्ने दरखोलाले बगाउँदा वेपत्ता भएका एक युवकको ज्यान गएको छ । मंगलबार साँझ गलकोट नगरपालिका वडा नम्वर ११ दरमखोला हाइड्रो पावरमा काम गर्ने युवकको खोलाले बगाउँदा मृत्यु भएको हो ।

दरमखोलाले बगाउँदा बेपत्ता भएका युवक मृत फेला
गलकोट । बागलुङको गलकोट भएर बग्ने दरमखोलाले बगाउँदा वेपत्ता भएका एक युवकको मृत्यु भएकाे छ । मंगलबार साँझ गलकोट नगरपालिका वडा नम्वर ११ दरमखोला हाइड्रो पावरमा काम गर्ने युवकको खोलाले बगाउँदा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गलकोटका अनुसार हाइड्रोको नजिकै पौडी खेल्ने क्रममा ती युवालाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार निर्माणाधिन दरमखोला हाईड्रो पावरमा काम गर्दै आएका ओखलढुङ्गाका २२ वर्षीय मिलन कार्कीको ज्यान गएको हो । कार्कीको शव पौडी खेलेको स्थानदेखि झण्डै ४ किलोमिटर तल खोलाको बिचभागमा फेला परेको प्रहरीले जनाएको छ ।