बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।

बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ । योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।