अर्घाखाँचीको पणेनामा पहिरोले घर पुर्दा ४ बालबालिका सख्त घाइते

अर्घाखाँची — पाणिनी गाउँपालिका–१ पणेनामा पहिरोले घर पुर्दा एकै परिवारका ४ जना बालबालिका घाइते भएका छन् । अविरल वर्षा परिरहेका बेला मंगलबार बिहान घर माथिबाट आएको पहिरोले घर पुर्दा १४ वर्षीय सचिन राष्कोटी गम्भीर घाइते भएका छन् ।

अर्घाखाँचीको पणेनामा पहिरोले घर पुर्दा ४ बालबालिका सख्त घाइते
अर्घाखाँची । अर्घाखाँची — पाणिनी गाउँपालिका–१ पणेनामा पहिरोले घर पुर्दा एकै परिवारका ४ जना बालबालिका घाइते भएका छन् । अविरल वर्षा परिरहेका बेला मंगलबार बिहान घर माथिबाट आएको पहिरोले घर पुर्दा १४ वर्षीय सचिन राष्कोटी गम्भीर घाइते भएका छन् । स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । १२ वर्षीय खुमबहादुर राष्कोटी, ११ वर्षीय अञ्जु राष्कोटी र १० वर्षीय धनबहादुर राष्कोटी अचेत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । उनीहरुलाई पहिरोले पुरको थियो । स्थानीय र प्रहरीको सक्रियतामा उनीहरुको उद्धार गरिएको हो ।