काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन्। श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८०औं वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्।
उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गंगालाल तुलाधरले जानकारी दिए।
माधवकुमार नेपाल श्रीलंका प्रस्थान
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन्। श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८०औं वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

