काठमाडौं । झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा सोमबार अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् ।
खरेल एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका गएका थिए । ज्वरो र पिसाबमा सङ्क्रमण फैलिएपछि टेक्सासकै एक अस्पतालमा उनको एक सातादेखि उपचार भइरहेको थियो । खरेलका उपन्यास, कथा, निबन्ध, हास्यव्यङ्ग्य, कविता, एकाङ्कीलगायतका थुप्रै कृति प्रकाशित छन् ।
उनका निबन्ध ९निबन्ध, २०६४०, क्षितिजवारी क्षितिजपारी ९काव्य, २०६५०, बाटुली ९विज्ञान काब्य, २०६६०, इन्द्रकिल पहाडसँग ९यात्रा संस्मरण, २०६८०, विजयका कविता (कविता सङ्ग्रह, २०६५), सम्झनाका तरेली (निबन्ध सङ्ग्रह, २०७७), छोपिएका तारा (इतिहास), कति रोउँ म (शोक काब्य), राम साइँलीहरू (कथा कुथुङ्ग्री, २०७४), अल्पिल्टा स्वर (निबन्ध सङ्ग्रह, २०७८) र कल्पना, मुना (समालोचना, २०७८), झर्रा शब्दहरूको सङ्ग्रह (शब्दकोश, २०७९), झिल्का (कुथुङ्ग्री सङ्ग्रह) र युगारम्भ (उपन्यास, २०७९) प्रकाशित कृति हुन् ।
साहित्यकार खरेलका छोरा र बुहारी अमेरिकामा छन् । छोराबुहारी भेट्न उनी पत्नी पार्वती खरेलसहित अमेरिका गएका थिए । उनका छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी छन् ।सुसेली साहित्यिक परिवार झापाका अध्यक्ष पुण्यप्रसाद खरेलले नेपाली साहित्य जगतले झर्रोवादी अग्रज साहित्यकार गुमाएको बताए ।
साहित्यकार विजय खरेलको निधन
झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा सोमबार अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् ।

