कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगरले आफैं छनोट गरी योग्यताका आधारमा छात्रवृत्ति वितरण गर्ने

काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी आफैं छनोट गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् महानगरपालिले आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताएका हुन् ।

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगरले आफैं छनोट गरी योग्यताका आधारमा छात्रवृत्ति वितरण  गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी आफैं छनोट गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् महानगरपालिले आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन गर्ने बताएका हुन् । उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गर्ने बताएका हुन् । ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौं महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ बालेन साहले सामाजिक सञ्जालमा लेखेका छन् । यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ ।