घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सामान्य गिरावट आएको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो ।

घट्यो सुनको मूल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सामान्य गिरावट आएको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो । तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।