आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यतिबेला ९सोमबार बिहान० लुम्बिनीका पाल्पा, गुल्मी क्षेत्रतिर, गण्डकीको पोखरा तथा बागमतीको नुवाकोटमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यतिबेला (सोमबार बिहान) लुम्बिनीका पाल्पा, गुल्मी क्षेत्रतिर, गण्डकीको पोखरा तथा बागमतीको नुवाकोटमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। मौसम महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी र मधेश प्रदेशका एकरदुई ठाउँमा भने मेघगर्जनरचट्याङसहित भारी वर्षाको पनि सम्भावना छ। यस्तै राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यस्तै मधेश प्रदेशलगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।