हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

सोमबार एकाबिहानै हात्तीको आक्रमणमा परी एक वृद्धाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका- १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन्।

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
झापा । सोमबार एकाबिहानै हात्तीको आक्रमणमा परी एक वृद्धाको ज्यान गएको छ। मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका- १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन्। वडाध्यक्ष नारायण खनालका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ हात्तीको आक्रमणमा परेकी हुन्। घटघनास्थल घरसँगै जोडिएको छ। उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खनालले जानकारी दिए। स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन्। शव धुलाबारी प्रहरीले उठाउने तयारी गरिरहेको छ। महानन्दटोल धुलाबारीको व्यस्त बजार क्षेत्र हो। बजार क्षेत्रमै हात्ती छिरेर मानिसको ज्यान लिएपछि स्थानीय त्रसित भएका छन्।