नेप्सेमा ५३ अंकको पहिरो, ५ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक नेप्सेमा ५३ अंकमाथिको पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५३.७० अंकले घट्दै २ हजार ९७.२९ अंकको विन्दुमा ओर्लिएको हो ।

नेप्सेमा ५३ अंकको पहिरो, ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजार परिसूचक नेप्सेमा ५३ अंकमाथिको पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५३.७० अंकले घट्दै २ हजार ९७.२९ अंकको विन्दुमा ओर्लिएको हो । आज सेन्सेटिभ इन्डेक्स समेत १२.२३ अंकले घट्दै ३९०.५२ अंकको विन्दुमा ओर्लिएको छ । ५३ अंकमाथिले नेप्से सूचक घट्दैगर्दा आज दोस्रो बजारमा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदा सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ४.७५ प्रतिशतले घट्न पुगेको छ । बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिर्जना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।