काठमाडौं । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन्। ६ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएका आमेशले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन्।
शोका होस्ट प्रकाश सुवेदीले उनलाई समीक्षाको बुबाआमाले प्रस्ताव गर्नुभयो भने तपाईं उनीसँग विवाह गर्न तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए।जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो।’
पछिल्लो समय टिकटकमा यी दुईको भिडिओ हेरेर विभिन्न अड्कलबाजी भइरहेका छन्। बजारमा आमेश र समीक्षा प्रेममा रहेको चर्चासमेत चलेको छ। तर आमेशले प्रेममा रहेको कुराको खण्डन गरेका छन्। उनले आफूहरू मिल्ने साथी मात्रै भएको दाबी गरेका छन्।
उनले भनेका छन्, ‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएको होला तर, अहिले हामी प्रेममा त छैनौँ, पछि के हुन्छ थाहा छैन।’ आमेशले प्रेमको मामीलामा आफू अभागी भएको समेत बताएका छन्।
गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार आमेश भण्डारी
अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन्। ६ महिना अस्ट्रेलिया बसेर नेपाल फर्किएका आमेशले टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा समीक्षासँग विवाह गर्न तयार रहेको बताएका हुन्।

