ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ। आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ।

ललिता निवासको जग्‍गामा तारबार लगाउँदै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ। आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ। सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागेको हो। केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो। ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो।