युएईविरुद्ध पहिलो ओभरमै करण केसीले दिलाए विकेट

नेपालले जिम्बावेमा जारी आइसीसीविश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमायुएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिले विकेट लिएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस जिते पश्चातबलिङ रोजेको नेपालकालागि करण केसीले पहिलो विकेट लिएकाहुन् ।

युएईविरुद्ध पहिलो ओभरमै करण केसीले दिलाए विकेट
काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसीविश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमायुएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिले विकेट लिएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा टस जिते पश्चातबलिङ रोजेको नेपालकालागि करण केसीले पहिलो विकेट लिएकाहुन् । केसीले ओपनर आसिफखानलाई सुन्य रनमा पेभिलियन पठाएका हुन् । ६ ओभरको खेल सकिदाँसम्म नेपालले २० रन दिएर १ विकेट लिएको छ । गत साता वेस्ट इन्डिजसँग भएको खेलमा रहेका ३ खेलाडी आजको खेलमा परिवर्तन भएका छन् । ओपनर तथाविकेटकिपर आसिफ शेखको स्थानमाअर्जुन साउद टिममा परेका छन् । कुशलमल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थानतीव्र गतिका बलर प्रतिशजि।शीले लिएका छन् । यस खेलको विजेताले सातौं स्थानको लागिआयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरि आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । यस खेलमा पराजितहुने टोलीले भने नवौं स्थानकालागि अमेरिकासँगप्रतिस्पर्धा गर्नेछ। नेपाल र युएई एकदिवसीयअन्तराष्ट्रियका लागि परिचितप्रतिद्वन्दीहुन् । नेपाल र युएईबीचएकदिवसीयअन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ८ पटक विजयीहुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमापारेको छ ।