काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठक बसेको केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्। उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए। त्यसपछि उनले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई विधेयक पेश गर्न अनुमति दिएका थिए।
‘अब प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई राष्ट्रसभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्न अनुमति दिन्छु,’ उनले भनेका थिए।
विधेयक टेबल गरेपछि उनले अर्को बैठक १५ मिनेटपछि सुरू गर्ने जानकारी गराएका हुन्। ‘आजको कार्यसूचीको क्रमसंख्या २ देखि ६ सम्मको कार्यक्रम अर्को बैठकको लागि सारेको व्यहोरा जानकारी गराउँछु। प्रतिनिधि सभाको आज १५ मिनेटपछि बस्नेगरी स्थगित हुन्छ,’ उनले भने।
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठक बसेको केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्। उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए। त्यसपछि उनले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेलाई विधेयक पेश गर्न अनुमति दिए

