बागलुङको ढोरपाटनमा ढुंगाले हानेर एक व्यक्तिको हत्या

बागलुङको ढोरपाटनमा ढुँगाले हानेर एक व्याक्तिको हत्या गरिएको छ । ढोरपाटन नगरपालिका ६ छ्यान्तुङका ५० वर्षीय सतबहादुर बिकको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

बागलुङको ढोरपाटनमा ढुंगाले हानेर एक व्यक्तिको हत्या
ढोरपाटन । बागलुङको ढोरपाटनमा ढुँगाले हानेर एक व्याक्तिको हत्या गरिएको छ । ढोरपाटन नगरपालिका ६ छ्यान्तुङका ५० वर्षीय सतबहादुर बिकको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शुक्रबार बिहान बारीमा सतबहादुरको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए घटनामा सँलग्न रहेको आरोपमा प्रहरीले मृतकका भाई मनबहादुर बिकलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । मृततको टाउको र अनुहारमा चोट रहेको पाइएको हो । टाउकोमा गम्भिर चोट देखिएका कारण ढुँगाले हानेर हत्या गरिएको हुन सक्ने स्थानीयको भनाइ छ । बागलुङको पश्चिम क्षेत्रमा सामान्य मनमुटाव, झै–झगा जस्ता गतिविधीका कारण हत्याका घटना बढ्दो क्रममा रहेका छन् ।