तिनाउ नदीले पार गर्‍यो खतराको तह, रूपन्देहीमा उच्च सतर्कता

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तिनाउ नदीले पार गर्‍यो खतराको तह, रूपन्देहीमा उच्च सतर्कता
बुटवल । तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ। शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ। महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डेले तिनाउले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराउँदै सतर्क रहन भनिएको बताए। तिनाउले खतराको तर पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको उनले जानकारी दिए। सिडिओ पाण्डेले आफूसहितको टोली अवलोकनका लागि जान लागेको पनि जानकारी गराए।