अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् । यसै स्थानमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक २८ घण्टापछि हिजो साँझ ५ बजे सञ्चालनमा ल्याइएको थियो।

अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाइएसँगै बीचमै रोकिएका साधान गन्तव्यतर्फ लागेका छन् । यसै स्थानमा बिहीबार दिउँसो १ बजे पहिरो खसेर अवरुद्ध भएको सडक २८ घण्टापछि हिजो साँझ ५ बजे सञ्चालनमा ल्याइएको थियो। सवारीको चाप अत्यधिक हुने यस सडकमा दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन्। सडक फराकिलो गरिएका कारण बर्खामा निरन्तरजसो पहिरो खसेर सडकखण्ड अवरुद्ध हुने गरेको छ।