लोकमार्ग मिचेर बनाइएको संरचनामा पहिरो खस्दा लाखौं क्षति

गलकोट नगरपालिका- ११ मनेवामा बन्दै गरेको मनेवा दरमखोला हाइड्रो इजर्नी लिमिटेडको संरचनामा पहिरो खस्दा लाखौं क्षति भएको छ ।

लोकमार्ग मिचेर बनाइएको संरचनामा पहिरो खस्दा लाखौं क्षति
बागलुङ । मध्यपहाडी लोकमार्ग मिचेर बनाइएको संरचनामा पहिरो खसेको छ । गलकोट नगरपालिका- ११ मनेवामा बन्दै गरेको मनेवा दरमखोला हाइड्रो इजर्नी लिमिटेडको संरचनामा पहिरो खस्दा लाखौं क्षति भएको हाे । प्रत्यक्षदर्शी विष्णु काउँचाका अनुसार शुक्रबार बिहान पहिरो खस्दा हाइड्रोका लागि बिच्छाइएको पाइपमा क्षति भएको छ । 'निरन्तर वर्षाका कारण पहिरो जाँदा निर्माणाधीन हाइड्रोको पाइपलाइनमा क्षति भएको छ', उनले भने, 'साँघुरो सडकको कुनामा राखिएको पाइपले सवारी आवगमनमा पनि समस्या हुने देखिन्छ ।' वर्षा भइरहे थप पहिरो जाने सम्भावना रहेको स्थानीयले बताएका छन् । निर्माणाधीन हाइड्रोले मध्यपहाडी लोकमार्गको झन्डै डेढ किमि लामो सडक मिचेर संरचना बनाएको छ । कालोपत्र भइसकेको सडक खनेर पाइपलाइन गाडिएको छ । नाली बनाउने ठाउँसमेत नराखी पाइपलाइन बिछ्याइएको हो । कालोपत्र सडक मात्रै ८ देखि ९ मिटर हुनुपर्नेमा सडक ५ देखि ६ मिटर पनि नछाडी पाइपलाइन बिछ्याउँदा दोहोरो सवारी गुड्नसमेत समस्या भइरहेको छ ।