चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेको हो।
यही स्थानमा बिहीबार मध्याह्न अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधन गन्तव्यतर्फ पठाउने काम भइरहेको वेला पुनः पहिरो खसेपछि यात्रु अलपत्र परेका छन्।
२८ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले पुनः अवरुद्ध
२८ घण्टापछि खुलेको नारायणगढ मुग्लिन सडकखण्ड पहिरोले पुनः अवरुद्ध

