दोलखा । दोलखाको उत्तरी क्षेत्र प्रवेश गर्ने दोलखा–सिँगटी सडकको बन्चरेमा बसका सहचालक मृत भेटिएका छन्। कालिञ्चोक गाउँपालिका– ३ बन्चरेनजिकै पार्किङ गरी राखिएको यात्रुबाहक बसका सहचालक सोही बसमा मृत भेटिएका हुन्।
बिहीबार सिँगटीमा यात्रु ओरालेर पुनः बन्चरे आई बजारनजिकै पार्किङ गरिराखिएको बा।३ख ८३९ नम्बरको यात्रुबाहक बसका सहचालक दोलखाको गौरीशंकर गाउँपालिका– ३ महताराका अन्दाजी ४० वर्षीय नेत्रबहादुर भनिने नारायण खत्री मृत भेटिएको इलाका प्रहरी कार्यालय सिँगटीले जनाएको छ।
शुक्रबार सबेरै पैदल यात्रुले गाडीको ढोका खुला भई तलपट्टि टाउको र माथिपट्टि खुट्टा भएको अवस्थामा खत्रीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको टाउकोमा चोट लाग्नुका साथै रगत बगेको देखिएपछि घटना शंकास्पद भएको भन्दै मृतकका आफन्त र स्थानीयले दोलखा–सिँगटी सडक अवरुद्ध पारेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै शवसमेत उठाउन दिएका छैनन्।
प्रहरीले सोही गाडीका चालकसहित अन्य तीनजनालाई घटनास्थलभन्दा अन्यत्रैबाट नियन्त्रणमा लिएको छ।
पार्किङमा राखेको बसका सहचालक मृत फेला
दोलखाको उत्तरी क्षेत्र प्रवेश गर्ने दोलखा–सिँगटी सडकको बन्चरेमा बसका सहचालक मृत भेटिएका छन्। कालिञ्चोक गाउँपालिका– ३ बन्चरेनजिकै पार्किङ गरी राखिएको यात्रुबाहक बसका सहचालक सोही बसमा मृत भेटिएका हुन्।

