कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, कार्कीले पाएनन् विश्वासको मत

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेपछि उनको सरकार ढलेको हो । बिहीबार सुरू भएको प्रदेश सभाको तेस्रो अधिवेशनमा मुख्यमन्त्री कार्कीले अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने प्रयास गरे पनि सफल हुन सकेनन

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, कार्कीले पाएनन् विश्वासको मत
काठमाडौं । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेपछि उनको सरकार ढलेको हो । बिहीबार सुरू भएको प्रदेश सभाको तेस्रो अधिवेशनमा मुख्यमन्त्री कार्कीले अन्तिम समयसम्म आफ्नो पक्षमा एक मत थप्ने प्रयास गरे पनि सफल हुन सकेनन् । योसँगै दोस्रो ठूलो दल एमाले संघ र सात वटै प्रदेशमा विपक्षमा धकेलिएको छ। कोशीमा ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । तर कार्कीको पक्षमा जम्मा ४६ मत खसेको हो । एमालेका ४० र राप्रपाका ६ प्रदेश सभा सदस्यले उनलाई मत दिएका हुन् । ९३ मध्य आजको बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । उनको विपक्षमा ४३ मत खसेको छ ।