काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश कुमार चुडालको इजसालमा बहस सकिएकाले केहीबेरमा आदेशको तयारी छ । आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको जिकिरसहित मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले उनिहरूसहित ४ जनालाई थुनामा राखेर अनुसन्धान गर्न बुधबार ७ दिनको समय दिएको थियो ।
पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए । हदम्यादको विवादमा थुनामा राखेर अनुसन्धान गर्नु उचित नहुने भन्दै सर्वोच्च अदालतका न्यायधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले ललिता निवास प्रकरणमा संलग्न रहेको आरोप लागेका १७ जनालाई अन्तरिम आदेश दिएको थियो ।
त्यही आदेशलाई आधार मान्दै हाल हिरासतमा रहेकाले पनि आफूहरूलाई थुनामुक्त गर्नुपर्ने माग राखेका थिए।
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन आरोपीको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश केहीबेरमा
ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश कुमार चुडालको इजसालमा बहस सकिएकाले केहीबेरमा आदेशको तयारी छ ।

