काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले आरोपितलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।
तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका अन्य तीन जना आरोपितलाई भने बाहिरै राखेर अनुसन्धान गर्ने भन्दै केही घण्टामै रिहा गरिएको थियो । पक्राउ परेका चार आरोपितलाई प्रहरीले म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालत लगेको थियो ।
ललिता निवास जग्गा प्रकरण : चार आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार जना आरोपितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले आरोपितलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

