गुप्तचरका दुई एसएसपी डिआईजीमा बढुवा

सरकारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका दुई जना एसएसपीलाई डिआईजीमा बढुवा गरेको छ। बढुवा हुनेमा इन्द्रसिंह लामा र माधव तिमल्सिना रहेका छन्।

गुप्तचरका दुई एसएसपी डिआईजीमा बढुवा
काठमााडौं । सरकारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका दुई जना एसएसपीलाई डिआईजीमा बढुवा गरेको छ। बढुवा हुनेमा इन्द्रसिंह लामा र माधव तिमल्सिना रहेका छन्। मन्त्रिपरिषद्को मंगलबारको बैठकले लामा र तिमल्सिनालाई डिआईजीमा बढुवा गरेको हो। लामा राष्ट्रिय अनुसन्धान विभाग ललितपुर प्रमुखको रूपका कार्यरत छन् भने तिमल्सिना विभागमा कार्यरत छन्। लामा राष्ट्रिय अनुसन्धान विभागको काविल अनुसन्धान अधिकृतको रूपमा चिनिन्छन्। लामा र तिमल्सिना दुबै जनाले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बसेर कार्यसम्पादन गरेका अधिकृत हुन्। डिआईजीमा बढुवा भएका लामा र तिमल्सिना व्यवसायीक सुरक्षा अधिकारी भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। बढुवा पाएसँगै लामा सुदूरपश्चिम प्रदेश र तिमल्सिना कर्णाली प्रदेश प्रमुखको रूपमा खटिएका छन्।