काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू बजेटको विपक्षमा उभिने तयारी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल जसपाको संसदीय दलको बैठकमै उपस्थित भएर सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
जसपाका १२ सांसदमध्ये ७ जना सांसदले विपक्षमा मतदान गर्ने अडान राखेपछि बुधबार संसद भवनस्थित शंकर हलमा बसेको जसपा संसदीय दलको बैठकमै प्रधानमन्त्री दाहाल पुगेर बजेट पास गराउन सहयोग मागेका हुन् । यस क्रममा प्रधानमन्त्री दाहालले जसपाका सांसदहरूलाई उनीहरूले भनेबमोजिम बजेट विनियोजन गरिदिने आश्वासनसमेत दिएका थिए ।
म प्रधानमन्त्रीले नै बोलें, तपाईँहरूको माग पूरा गर्ने जिम्मा मेरो भयो । अहिले बजेट पास गर्न सहयोग गरिदिनुस्, प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै जसपाका एक सांसदले बताए । जसपाका सांसदहरूले अध्यक्ष उपेन्द्र यादवको आग्रह अस्वीकार गर्दै आएपछि अन्ततस् अध्यक्ष यादवको आग्रहमा प्रधानमन्त्री दाहाल नै बैठकमा गएर आश्वासन दिनुपरेको थियो ।
दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरिरहँदा जसपाका सांसदहरू भने दुई पक्षमा विभाजित भएका थिए । उनीहरूको बुधबारको बैठक २ घण्टा चल्दा पनि सहमति हुन नसकेपछि प्रधानमन्त्री दाहालले बजेट पासका लागि सहमति मागेका हुन् ।
बजेट पास गर्न सहयोग माग्दै जसपाको बैठकमै पुगे प्रधानमन्त्री
जनता समाजवादी पार्टी ९जसपा०का सांसदहरू बजेटको विपक्षमा उभिने तयारी गरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल जसपाको संसदीय दलको बैठकमै उपस्थित भएर सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

