ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीको स्पष्टीकरण संसद्ले लिनुपर्छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरूलाई संसद्ले नै स्पष्टीकरण लिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो प्रकरणमा मुछिएका मन्त्रीहरू र अन्य कर्मचारीहरूको पनि संसद्को सार्वजनिक लेखा समितिले स्पष्

ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीको स्पष्टीकरण संसद्ले लिनुपर्छ : प्रेम सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरूलाई संसद्ले नै स्पष्टीकरण लिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो प्रकरणमा मुछिएका मन्त्रीहरू र अन्य कर्मचारीहरूको पनि संसद्को सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिनुपर्ने बताए । सांसद सुवालले सरकारी जग्गा बेचबिखनमा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । गिरोहले २०४९ सालदेखि २०६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर बेचबिखन गरेको, यसमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसद्ले पूर्वप्रधानमन्त्रीहरूलाई संसद्मै स्पष्ट गर्न लगाउन जरुरी छ । र, अन्य पूर्व प्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ, उनले भने ।