आज कहाँ कस्तो मौसम ?

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने महाशाखाले जनाएको छ।

आज कहाँ कस्तो मौसम ?
काठमाडौं । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा हुने महाशाखाले जनाएको छ। मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक(दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको उसको नियमित बुलेटिनमा उल्लेख छ। मधेश प्रदेशका धेरै स्थानमा वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने उसले जनाएको छ। आज काठमाडौं उपत्यकामा भने दिनभर बादल लाग्ने र २ घण्टासम्म पानी पर्न सक्ने महाशाखाले जनाएको छ।