यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

नेपाल सरकार मन्त्रिपरिषद्को मंलबार बसेको बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । बैठकले रास्कोट नगरपालिका- ६ कालिकोट, नरहरिनाथ गाउँपालिका -२ कालिकोट, राप्तीसोनारी गाउँपालिका -४ बाँके, रम्भा गाउँपालिका -३ पाल्पा, शीतगंगा गाउँपालिका- १३ अर्घाखाँची, जगरना

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंलबार बसेको बैठकले बैठक सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । बैठकले रास्कोट नगरपालिका- ६ कालिकोट, नरहरिनाथ गाउँपालिका -२ कालिकोट, राप्तीसोनारी गाउँपालिका -४ बाँके, रम्भा गाउँपालिका -३ पाल्पा, शीतगंगा गाउँपालिका- १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका -५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । आजको बैठकले राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकबाट इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई अनुसन्धान निर्देशकमा पदोन्नति गरी लामाको सुदूरपश्चिम र तिमिल्सिनाको कर्णाली प्रदेशमा पदस्थापन गर्ने निर्णय गरेको छ ।