काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मेयर बालेनसँग लिखित जवाफ मागेको हो ।
अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरूद्ध दिएकी रिटमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो। त्यसपछि आज न्यायाधीश श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए।
सर्वोच्चले मेयर बालेनसँग माग्यो लिखित जवाफ
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ मागेको छ । मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मेयर बालेनसँग लिखित जवाफ मागेको हो ।

