ढोरपाटनकी २५ वर्षीया युवती बलात्कृत

विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ढोरपाटनकी २५ वर्षीया युवती बलात्कृत
याेगेन्द्र विक, बागलुङ । बागलुङको ढोरपाटनकी एक जना २५ वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ढोरपाटन नगरपालिका ८ नौथर टोल बस्ने ५० वर्षीय मनबहादुर विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।