जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिका– ८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा खेतमा धान रोप्ने क्रममा उनको मृत्यु भएको हो । सुमलगाउँकी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए । लुड्कु जलविद्युत् आयोजनाको विद्युतको तार हावाहुरीले खेतमा परेपछि करेन्ट लागेको उनले बताए ।
घाइते हुनेमा सोही गाउँकी शान्ति दमाईं, राजु दमाईं, मन दमाईं र वीरु दमाईं रहेका छन् । घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
सोमबार बेलुका ८ः५५ मा उक्त घटना भएको प्रहरीको भनाइ छ । घाइते सबैलाई सोमबार प्रतिष्ठानमा ल्याएको थियो । घटनास्थलबाट मुचुल्का तयार गरेर किशोरीको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइँदै छ ।
धान रोप्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु, चारजना घाइते
जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिका– ८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा खेतमा धान रोप्ने क्रममा उनको मृत्यु भएको हो ।

