एमाले र रास्वपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासनमा गाभ्ने निर्णय राखेजीको माग गर्दै प्रतिपक्षी दलहरु एमाले र रास्वपाले अवरोध गरेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

एमाले र रास्वपाको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासनमा गाभ्ने निर्णय राखेजीको माग गर्दै प्रतिपक्षी दलहरु एमाले र रास्वपाले अवरोध गरेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले अर्थमन्त्रीले यो विषयमा सदनमा आएर जवाफ दिनुपर्ने र निर्णय खारेजीको जानकारी दिनुपर्ने अडान राखेका छन् । सभामुख देवराज घिमिरेले पटक पटक सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि उनीहरुले नमानेपछि बैठक १५ मिनेटका लागि रोकेका हुन् ।