नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी ज्ञानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बुढाथोकीलाई महाराजगन्जको गल्फुटारबाट पक्राउ गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी ज्ञानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बुढाथोकीलाई महाराजगन्जको गल्फुटारबाट पक्राउ गरिएको हो । उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीको भनाइ छ ।