याेगेन्द्र विक, बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका प्रबन्धक शक्ति किसानलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो किसानलाई बागलुङ बजारमा रहेको सहकारीको कार्यालयबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी मदन केसीका अनुसार सहकारीको कार्यालयबाट २ लाख ७३ हजार २ सय ६० रुपैयाँ समेत बरामद गरेको छ ।
यस अघि प्रहरीले इमेज सहकारीका सञ्चालक चित्रबहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेको थियो । सहकारीका संस्थापक सदस्य एवम् ढोरपाटन नगरपालिकाका मेयर जेठ ५ गतेदेखि फरार रहेका छन् ।
इमेज सहकारीका प्रबन्धक कार्यालयबाटै पक्राउ
सहकारीको कार्यालयबाट २ लाख ७३ हजार २ सय ६० रुपैयाँ समेत बरामद

