न्याय परिषद् बैठक निर्णयविहीन

न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा सोमबार बसेको परिषद्को बैठक निर्णयविहीन भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठक कुनै निष्कर्षमा नपुगेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

न्याय परिषद् बैठक निर्णयविहीन
काठमाडौं । न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा सोमबार बसेको परिषद्को बैठक निर्णयविहीन भएको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठक कुनै निष्कर्षमा नपुगेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । “न्यायाधीश नियुक्तिको एजेन्डासहित बसेको बैठकले कुनै निर्णय लिएन । सम्भवतः अर्को बैठक आउँदो सोमबार हुनेछ,” कार्कीले बताए । कार्कीका अनुसार सर्वोच्चमा ६ न्यायाधीश सिफारिस गर्न सकिनेछ । उच्च अदालतमा ६ मुख्यसहित ४१ न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।