​सांसद देवेन्द्र पौडेलको प्रश्न : पशुपतिको जलहरी प्रकरणको सत्यतथ्य के हो ?

प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्य तथ्य जानकारी संसदमा गराउन माग गरेका छन् ।

​सांसद देवेन्द्र पौडेलको प्रश्न : पशुपतिको जलहरी प्रकरणको सत्यतथ्य के हो ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले ​पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्य तथ्य जानकारी संसदमा गराउन माग गरेका छन् । उनले भने, ‘पशुपतिनाथ मन्दिर परिसरको गर्भ गृहमा रहेको जलहरीको बारेमा यो सदनमा निकै चर्चा भयो । आजपनि देशका प्रमुख मिडियामा यो बारेमा प्रश्न उठेको छ । भएको के हो त्यहाँ ? उनले थपे, आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजि गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । उनले सदनमा सत्यतथ्य जानकारी गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए ।