बोतल प्रहार गर्नेमाथि कारबाही नगर्न प्रहरीलाई प्रकाश सपुतको अनुरोध

गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ। स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्। दुर्व्यहार लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रओमा लिएको थियो।

बोतल प्रहार गर्नेमाथि कारबाही नगर्न प्रहरीलाई प्रकाश सपुतको अनुरोध
काठमाडौं । गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ। स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्। दुर्व्यहार लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रओमा लिएको थियो। बोतल प्रहार गर्ने ती नेपालीलाई कारबाही नगर्न सपुतले अनुरोध गरेका छन्। आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले अनुरोध गरेका हुन्। रोमानियाँबाट उनले नेपाल लाइभलाई भने, ‘मैले माफ दिनु भनेको छु। हिजै प्रहरीले समातेको बेला मैले छोडिदिनु। नेपालमा भए छुट्टै कुरा, यहाँ बिदेशको कानुनको झमेलामा नपार्नु भनेको थिएँ।’ आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा उनीमाथि बोतल प्रहार भएको थियो। सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन्। उनी गायिका प्रिती आलेसँगै ‘याद नेपाली म्युजिक फेस्टिवल २०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन्।