गलकोट । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६८ करोड १२ लाख १८ हजारको बजेट ल्याएको छ ।
आइतबार नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र नगरपालिकाको अनुमानित आम्दानी र राजश्व बाँडफाँड लगायतको आधारमा बजेट सार्वजनिक गरेका छन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा प्राप्त हुने वित्तिय समानिकरण अनुदानबाट ११ करोड ३८ लाख, राजश्व बाँडफाँडबाट १० करोड ९५ लाख, सशर्त अनुदानबाट ३६ करोड १० लाख, विशेष अनुदानबाट १ करोड ५० लाख, समपुरक अनुदानबाट ६० लाख र गण्डकी प्रदेशको वित्तिय समानिकरण अनुदानबाट १ करोड ५१ लाख १८ हजार, राजश्व बाँडफाडबाट १ करोड ८ लाख, समपुरक अनुदानबाट ५० लाख, र सशर्त अनुदानबाट ५० लाख बजेट प्राप्त हुने भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु खर्चतर्फ ४४ करोड २१ लाख ४० हजार र पुँजीगत तर्फ २३ करोड ९० लाख ७८ हजार विनियोजन गरेको छ ।
गलकोट नगरपालिकाले नगरपालिकाको प्रशासकीय भवन निर्माणको कार्यक्रमलाई तिव्रता दिने गरी २ करोड २० लाख, नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुयाउन कृषि तथा पशु विकास मार्फत् आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न कृषि तथा बागवानी विकास क्षेत्रमा १ करोड ६७ लाख ५० हजार, युवा तथा खेलकुद विकास कार्यक्रमको लागि २९ लाख, लैगिंक समानता तथा सामाजिक समावेशीकरण महिला, जनजाति, दलित र अपांगहरुको लक्षित कार्यक्रम तथा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका दिगोपनाको लागि १ करोड ३ लाख ५० हजार, नगर शिक्षा कार्यक्रमका लागि ३० करोड ८८ लाख ६३ हजार विनियोजन गरेको छ ।
नगरपालिकाको स्वास्थ्य सेवामा प्रभावकारीता वृद्धिको लागि स्वास्थ्य तर्फका कार्यक्रम सञ्चालन र नगर अस्पतालको सेवा वृद्धिका लागि ६ करोड ५५ लाख १५ हजार, मल्म स्वास्थ्य चौकी भवन निर्माणको लागि १ करोड, वडा नम्वर १ को स्वास्थ्य चौकी भवन निर्माणको लागि १ करोड, अन्तर विद्यालयमा अध्ययन गर्न जाने लामो दुरी पर्ने विद्यार्थिहरुलाई तत्काल यायायात र छात्राबासको व्यवस्था गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।
गलकोटले ल्यायो ६८ करोड १२ लाखको बजेट, कुन क्षेत्रमा कति रकम ?
आइतबार नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, गण्डकी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र नगरपालिकाको अनुमानित आम्दानी र राजश्व बाँडफाँड लगायतको आधारमा बजेट सार्वजनिक गरेका छन् ।

