ढोरपाटन नगरले लुकायो सूचना, ‘प्रशासकीय अधिकृत भन्छन् विवरण माग्नेको ढाँड भाँचिन सक्छ’

राेशन थापा मगर, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले सूचना लुकाउने गरेको छ । नगरपालिकामा भएका कामको तथ्यांक उपलब्ध गराउन माग गर्दै दिएको निवेदन नै पालिकाका प्रमुख प्रशासकिय अधिकृतले फिर्ता पठाएका हुन् । मंगलबार सूचनाको हक अनुसार पालिकाले उपलब्ध गराएको आर्थिक सहायता रकम र पाउने व…

ढोरपाटन नगरले लुकायो सूचना, ‘प्रशासकीय अधिकृत भन्छन् विवरण माग्नेको ढाँड भाँचिन सक्छ’
राेशन थापा मगर, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाले सूचना लुकाउने गरेको छ । नगरपालिकामा भएका कामको तथ्यांक उपलब्ध गराउन माग गर्दै दिएको निवेदन नै पालिकाका प्रमुख प्रशासकिय अधिकृतले फिर्ता पठाएका हुन् । मंगलबार सूचनाको हक अनुसार पालिकाले उपलब्ध गराएको आर्थिक सहायता रकम र पाउने व्यक्तिको नामसहितको तथ्यांक उपलब्ध गराउन माग गर्दै नगरपालिका पुगेका स्थानीयलाई नगरपालिकाले सूचना नदिइ फर्काएको हो । सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना अधिकारी समक्ष आर्थिक वर्ष २०७४/०७५ देखि २०७९ हालसम्म नगरपालिकाबाट दिइएको आर्थिक सहायता (विशेष राहत) कार्यक्रमको विवरण माग गर्दै स्थानीय गोपाल महत नगरपालिका गएका थिए । उपलब्ध गराइएको आर्थिक सहायताको विवरण लिन पुगेका महतलाई प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले नगरप्रमुखको क्षेत्रअधिकार भएको भन्दै फिर्ता पठाएका हुन् । निर्वतमान ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले राजीनामा बुझाइसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत भट्टराइले महतले दिइएको निवेदनको माग सूचनाको सम्बन्धमा प्रत्यक्ष सरोकार नदेखिने भन्दै फिर्ता पठाएको बताएका छन् । ‘यसअघि भएका कामहरुको विवरण नगरप्रमुखको क्षेत्रअधिकारभित्र भएकोले हामीले दिन मिल्दैन’ उनले भने, ‘जेठ ५ गतेपछि नयाँ जनप्रतिनिधि आउँछन् त्यसपछि आउनु भनेको छु ।’ आन्तरिक लेखा परीक्षण र महालेखाले बेरुजु नदेखाएको विवरण दिन नसकिने प्रशासकीय प्रमुखको दाबी रहेको छ । ‘नगरप्रमुखको क्षेत्रअधिकार भएकाले मैले सूचना दिन मिल्दैन, अदालत जानु भनेको छु’ जबरजस्ती गरे नगरप्रमुखका मान्छेले ढाँड भाँच्न सक्छन् हामी जिम्मेवारी हुँदैनौं’ उनले भने । आफुले माग गरेको सूचना नगरपालिकाले उपलब्ध गराउन नचाहेको र निश्चत समय समेत नदिएको भन्दै महतले जनतालाई सुचनाको हकबाट वञ्चित गराइएको बताए । सूचना लुकाएमा के छ कारबाहीको व्यवस्था