बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ३३ करोडको बजेट, समेटियो बलेवा विमानस्थल

बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०र०८१ कालागि १ अर्ब ३३ करोडको बजेट तथा कार्यक्रम ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतवार उक्त बजेट पेश गरेका हुन् ।

बागलुङ नगरपालिकाले ल्यायो १ अर्ब ३३ करोडको बजेट, समेटियो बलेवा विमानस्थल
बागलुङ । बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०र०८१ कालागि १ अर्ब ३३ करोडको बजेट तथा कार्यक्रम ल्याएको छ । उपप्रमुख राजु खड्काले आइतवार उक्त बजेट पेश गरेका हुन् । नेपाल सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक आय समेत जोडेर बजेट प्रस्तुत गरिएको छ । जसमा संघिय सरकारको बित्तिय समानीकरण तर्फ १५ करोड ८५ लाख, राजश्व बाँडफाँड तर्फ १२ करोड ३४ लाख, सशर्त अनुदान तर्फ ७१ करोड २६ लाख र समपुरक अनुदान तर्फ १ करोड ८५ लाख आय अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारको ६ करोड १८ लाख र आन्तरिक आय ९ करोड २४ लाख समेत आय हुने अनुमान गरिएको हो । खर्च तर्फ चालु बर्ष बागलुङ नगरपालिकाले बालमैत्री नगर घोषणा गर्न १ करोड २५ लाख रुपैयाँ बिनियोजन भएको छ । नगरपालिकाले आगामी पुस ममान्त भित्र बागलुङ नगरपालिकालाइ बालमैत्री घोषाण गर्ने लक्ष राखेको छ । नगरस्तरीय पूर्वाधार निर्माण गर्न २ करोड ५० लाख, नगर क्षेत्रमा सडक बत्ति निर्माण गर्न ३५ लाख र नगरकी छोरी अभियानकालागि १५ लाख रुपैयाँ रकम बिनियोजन गरिएको हो । आगामी बर्षदेखि हरेक छोरीको जन्म हुने बित्तिकै ५ हजार रुपैयाँको मुद्दती खाता खोल्ने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नीति ल्याएका थिए । नगर सफाइका लागि १ करोड २० लाख, एक वडा एक नमूना पूर्वाधारका लागि हरेक वडामा ४० लाखको नमूना योजना संचालन गर्न बजेट बिनियोजन गरिएको छ । छाडा कुकुर व्यवस्थापन गरेर होस्टेल निर्माण गर्न १५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । ग्रीन रोड व्यवस्थापनको थालनी गर्ने, पदमसिंह विश्वकर्मा छात्रवृत्ति कार्यक्रम संचालन गर्ने खड्काले जानकारी दिए । निर्माण सम्पन्न भएर पनि संचालनमा नआएका नगरपालिका भित्रका ठूला पूर्वाधार आगामी वर्ष संचालन गर्ने बजेटले लक्ष्य राखेको छ । बलेवा बिमानस्थल, बागलुङ बसपार्क र औद्योगिक ग्राम सञ्चालन गर्न समेत बजेट व्यवस्था गरिएको छ । बागलुङ नगरपालिकाले पहिलो पटक कुकुर होस्टेल समेत निर्माण गर्न लागेको छ । त्यसकालागि पनि नगरपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ । यो अभियान अनुसार छाडा कुकुर एकीकृत गरेर राख्ने, सरसफाइ र रोग बिरुद्धको खोप लगाउने तथा पाल्न चाहनेकालागि दर्ता गरेर दिने व्यवस्था गरिनेछ । घरघरमा पालिएका कुकुर पनि अनिवार्य दर्ता र नविकरण गर्नुपर्ने समेत नगरपालिकलो व्यवस्था शुरु गरेको हो ।