गुल्मी । गुल्मीको मालिका गाउँपालिका २ दर्लिङमा खहरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मालिका–२ च्यानडाँडा बस्ने ४१ वर्षीय लिलबहादुर घर्ती र उनकी छोरी आठ वर्षीया विन्दु घर्तीलाई गएराति खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार ससुराली जाने क्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको बाढीले बगाएको हो । बुबा छोरीको शव घटनास्थलबाट ८० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
गुल्मीको खहरे खोलाले बगाएर बाबुछोरीको मृत्यु
गुल्मीको मालिका गाउँपालिका २ दर्लिङमा खहरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मालिका–२ च्यानडाँडा बस्ने ४१ वर्षीय लिलबहादुर घर्ती र उनकी छोरी आठ वर्षीया विन्दु घर्तीलाई गएराति खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

