काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ । टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू छन् । उनीहरूले आज (आइतवार) ४ बजे जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने छन् ।
सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ । अहिले सेनाले प्राविधिक तयारी गरिरहेको छ । अहिले पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।
२०७७ साल माघ १२ गते पशुपतिनाथको दर्शनका लागि पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्दिरको गर्भगृहमा राखिएको शिवलिंगलाई दैनिक जलधाराका लागि सुनको जलहरी निर्माण गर्न ३० करोड रुपैयाँ बजेट उपलब्ध गराउने घोषणा गरेका थिए । आउँदै गरेको महाशिवरात्रि (२०७७ फागुन २७) भित्रै जलहरी राखिसक्न ओलीको निर्देशन थियो । सरकारले उपलब्ध गराउने ३० करोड बजेट अनि बाँकी पशुपति क्षेत्र विकास कोष, दाताहरूको चन्दा तथा अनुदान सहयोग आदिबाट व्यवस्थापन गर्ने गरी सुनको जलहरी राख्ने काम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकसँग १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरी त्यसमा २.८९ किलो तामा, १.२४ किलो चाँदी, १२.७५ ग्राम जिंक मिसाएर कूल तौल १०७.९२ किलो कायम गरिएको थियो । यसबीचमा हतारमा सुनको जलहरी राख्न लागेको विषयमा सर्वोच्च अदालतमा रिट परिसकेको थियो । सर्वोच्चले जलहरी राख्ने काम तत्काल रोक्न विपक्षीका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।