काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं मै फर्किएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौं फर्काइएको हो ।
आइतबार बिहान ७ः५० बजे जहाज उडेको र प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । ८ : २० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको सो जहाजमा ७९ जना यात्रु थिए। उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ।
धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कियो
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँमै फर्किएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइएको हो ।

