बागलुङ । शनिवार हिजो बेलुकादेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ –बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण बुर्तिबाङबाट पोखरा, काठमाडाैँ , बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने गाडी ठप्प भएका छन् । सडक खुलाउने तयारी भइरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।
बुर्तिबाङ बजार नजिकै सडक अवरुद्ध हुँदा पैदलयात्रुले वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको उनले बताए । यस ठाउँमा वर्षातका समयमा सधैँ पहिरो जाने हुँदा स्थायी विकल्प खोज्नुपर्ने कायतले बताए ।
उपप्रमुख कायतले भने, हिजो बेलुकादेखि ठूलो पानी परेको थियो, राति पहिरो गएछ, हामीले बिहानमात्रै सडक अवरुद्ध भएको थाहा पायौँ, खबर पाउनासाथ सडक खुलाउन नगरपालिकाको डोजर पठाएका छौँ, केही समयमा सडक खुल्छ ।
बागलुङ –बुर्तिबाङको खप्तरिबाङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध
शनिवार हिजो बेलुकादेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ –बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।

