काठमाडौं । आइतबार बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्णतया बदली (आकाशमा बादल) रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यस क्रममा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना भए पनि भारी वर्षाको सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेको भनाइ छ ।
मौसम महाशाखाका अनुसार आज राति कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी प्रदेशमा सामान्यदखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज यी पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना भए पनि भारी वर्षाको सम्भावना भने नदेखिएको मौसमविद् लामिछानेको भनाइ छ ।

