बागलुङ । बागलुङ सदरमुकाम देखि काठेखोला गाउँपालिका ३ धम्जा जाँदै गरेको जीप दुर्घटना भएको छ ।
ध १ न ७१९० नम्बरको जीप काठेखोला गाउँपालिका ५ रामचालुमा दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार दुर्घटनामा परी धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको हो ।
घाइते दुई जनालाई उपचारको लागि बागलुङ सदरमुकाम ल्याइँदै गरेको स्थानीय दिपेन्द्र रानाले जानकारी दिए । शनिबार साँझ ८ बजे जीप सडकदेखि करिब ५० मिटर तल खसेको हो ।
बागलुङदेखि धम्जा जाँदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार दुर्घटनामा परी धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको हो ।