काठमाडौं । आज बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुन देशभर फैलिएसँगै देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको हो।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कस्की र मकवानपुर जिल्लाका भूभागहरूमा भीषण वर्षा भइरहेको छ। यी क्षेत्र भएर बहने नदीहरूको सतह बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले आज र भोलि महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने भएकाले हाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष बुलेटिन निकाल्दै बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दीया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने जनाएको छ ।
त्यस्तै संखुवासभा, औखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र म आसपासका केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने पनि महाशाखाले जनाएको छ।
मौसम विभागले निकाल्यो विशेष बुलेटिन