महभीरमा पहिरो : पोखरा–पर्वत सडक अवरुद्ध

गएरातिको वर्षापछि पर्वतको महभीरमा पहिरो गएको छ । मोदी गाउँपालिका–६ को महभीरमा गएको पहिरोका कारण पोखराबाट पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङ जाने तथा उताबाट पोखरा आउने सवारी आवागमन अवरुद्ध भएको छ ।

महभीरमा पहिरो : पोखरा–पर्वत सडक अवरुद्ध
पर्वत । गएरातिको वर्षापछि पर्वतको महभीरमा पहिरो गएको छ । मोदी गाउँपालिका–६ को महभीरमा गएको पहिरोका कारण पोखराबाट पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङ जाने तथा उताबाट पोखरा आउने सवारी आवागमन अवरुद्ध भएको छ । पोखराबाट पश्चिमतर्फ गएका सबै सवारी साधन नयाँपुलमा रोकिएका छन् उताका सवारी साधन डिमुवामा रोकिएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । तर, वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ ।